पर्यटन

पर्यटन विकासमा अवैतनिक वाणिज्यदूतको भूमिका

काठमाडौँ, १२ भदौ । विभिन्न देशका लागि नियुक्त भएका अवैतनिक नेपाली वाणिज्यदूतले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाएर पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको पदयात्रा पर्यटन विकासका लागि स्थापना भएको ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) ले आइतबार यहाँ

पूरा पढ्नुहोस् >>

सुपा देउरालीमा आउने पर्यटकको संख्या वृद्धि

र्घाखाँची, ११ साउन । प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्या वृद्धि भएको छ । बिगतका वर्षको तुलनामा आजभोलि आउने दर्शनार्थीको संख्यामा दोब्बर भन्दा बढी छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार भक्तजन आउने गरेकामा अहिले दैनिक एक हजारदेखि दुई हजारजनासम्मले दर्शन गर्ने

पूरा पढ्नुहोस् >>

बाढीपीडितका लागि राहत सामग्रीसहित पर्यटन व्यवसायी तराईतर्फ

पोखरा, ९ भदौ । पोखराका पर्यटन व्यवसायीले तराईका चितवन र नवलपरासी जिल्लाका बाढीपीडितको सहयोगका लागि रु २४ लाख मूल्य बराबरको राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेका छन् । बाढीपीडित क्षेत्रको मागअनुसार चितवनका सौराहा, बच्छौली, गोलाघाट, जितपुर, माडी र नवलपरासीको सुस्तामा राहत वितरण गरिने

पूरा पढ्नुहोस् >>

पासाङल्हामुमा पर्यटकका लागि स्मार्टकार्ट लागू हुने

सोलुखुम्बु, ७ भदौ । सगरमाथाको फेदी भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकका लागि स्मार्टकार्ट लागू गर्न तयारी शुरु गरेको छ । गाउँपरिषद्का क्रममा सो गाउँपालिकामा प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई स्मार्ट कार्डमा आबद्ध गर्ने निर्णय गरेअनुरुप स्मार्ट कार्डका लागि प्रक्रिया अघि

पूरा पढ्नुहोस् >>

पुरातात्विक ‘कपिलवस्तु संग्रहालय’ ओझेलमा

कपिलवस्तु,भदौ १– नेपालकै एक मात्र पुरातात्विक संग्रहालय “कपिलबस्तु संग्रहालय”को उचित ब्यवस्थापन, प्रचार—प्रसार र संरक्षणमा सरोकारवालाको ध्यान नपुग्दा ओझेलमा परेको छ । संग्रहालय स्थापना भएको ५ दशक हुँदा समेत सम्बन्धित निकायले संग्रहालयको ब्यबस्थापनका साथै र प्रचार—प्रसार गर्न नसक्दा ओझलमा

पूरा पढ्नुहोस् >>

बाढीका कारण होटलमा पन्ध्र करोडको क्षति

चितवन ,साउन ३२- गत शुक्रबार रातिदेखि आएको बाढीका कारण जिल्लाको सौराहा, जगतपुर र मेघौलीमा रहेका करिब १२० वटा पर्यटकीय होटलमा रु १५ करोड बराबरको क्षति भएको छ । क्षेत्रीय होटल संघ सौराहाका अनुसार ती होटलका विस्तारा, कटेज, कार्पेटदेखि गाडी, ग्यास सिलिण्डर, मोबाइल, गोदामका खाद्यान्न, ल्यापटप, कम्प्युटर,

पूरा पढ्नुहोस् >>

लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध, पर्यटक अलपत्र

सोलुखुम्बु ,साउन ३२-पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले

पूरा पढ्नुहोस् >>

भक्तपुरको दत्तात्रयमा मेला

भक्तपुर, ३० साउन । भक्तपुरको प्रसिद्ध दत्तात्रय र आशापुरी मन्दिरमा लागेको एक महिने मेला आज सम्पन्न भएको छ । ब्रह्मा, विष्णु र महेश्वरको त्रिशक्ति स्वरूपमा पुजिने भक्तपुर नगरपालिकास्थित दत्तात्रय मन्दिरमा साउन महिनामा महादेव प्रकट हुने जनविश्वासका साथ साउनको प्रत्येक सोमबार मेला लाग्ने गर्दछ

पूरा पढ्नुहोस् >>

थामी नाच संरक्षण गदैै दोलखाका युवा

दोलखा, २९ साउन । लोप हुँदै गएको थामी मौलिक नाच तथा गीतको संरक्षणमा ‘यापती सोनारी’ संरक्षण तथा सम्बद्र्धन युवा मञ्च र नेपाल थामी विद्यार्थी संघ दोलखाले संयुक्त अभियान सुरु गरेका छन् । थामी मौलिक नाच तथा गीत संरक्षणका लागि संकलन तथा रिकर्डिङ गर्न लागिएको विद्यार्थी संघ दोलखाका सचिव सविता थामीले

पूरा पढ्नुहोस् >>

काव्यवाटिका : कृति र प्रकृतिको अनुपम संग्रहालय बन्ने

इटहरी, २७ साउन । इटहरी उपमहानगरपालिका–५ स्थित काव्यवाटिका क्षेत्रलाई कृति र प्रकृतिक रुपले सजिएको संग्रहालय बनाउन थालिएको प्रयासलाई सरकारले पूर्णता दिने भएको छ । पुरातत्व विभागले अब काम अघि बढाउने विभागका अधिकृत सन्दिप खनालले जानकारी दिनुभयो । विभागका अधिकृत खनाल तथा इन्जिनियर सम्नत

पूरा पढ्नुहोस् >>

ताजा अपडेट