बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान भन्छन् “म त सय प्रतिशत पास हुन्छु भन्ने विश्वास छ।”

५१ बर्षको बिरासता बोकेको नेपाल उधोग बाणीज्य महासंघको यहि चैत्र २८ गतेबाट साधरण सभा हुदै छ । यो साधरण सभाले बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र नयाँ कार्यसमिति चयन गर्ने भएकाले ब्यवसायीबिच चुनावी माहोल बढिरहेको छ । आज भन्दा ३८ वर्ष पहिला व्यवसायिक जीवन सुरुवात गर्नु भएका किशोर प्रधान अहिले नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हुनुहुन्छ । २३ वर्ष लामो महासंघमा मुल नेतृत्वमा बसेर काम गरिसक्नु भएका उपाध्यक्ष किशोर प्रधान आगामी निर्वाचनबाट बरिष्ठ उपाध्यक्ष जित्ने तयारीमा हुनु हुन्छ । बरिष्ठ उपाध्यक्षका लागी हालका उपाध्यक्ष किशोर प्रधान र शेखर गोल्छा चुनावी अभियानमा जुटेका छन् । गोल्छा भन्दा उमेर, अनुभव र महासंघको नेतृत्वमा सधै अघि रहेका प्रधान यसपटक सजिलै महासंघको बरिष्ठ उपाध्यक्ष बन्ने आंकलन गरिएको छ । पुर्व अध्यक्षहरुको बिश्वास, महासंघप्रति निष्ठा, पारदर्शी जीवनशैली र चुनावी एजेण्डा नै आफनो चुनाव जित्ने आधार भएको बताउछन् । आसन्न महासंघ निवार्चनकाबारे प्रभात मिडियाका प्रधान सम्पादक बिशाल गैरेले उहाँसंग लामो कुराकानी गर्नु भएको छ । कुराकानीको सम्पादित अंस ः

तपाई २३ वर्ष देखि महासंघको मुल नेतृत्वमा हुनुहुन्छ र यहि चैत्र २८ गते ५१ औं साधारण सभा गदैं हुनु हुन्छ ? तपाईले बिगतमा के के काम गर्नु भयो । तपाईले जीवनमा गरेका केहि प्रतिनिधिमुलक काम बताइदिनुस् न जसले तपाई बरिष्ठ उपाध्यक्ष बन्न योग्य हुनु हुन्छ भन्ने पुष्टि होस् ।
उद्योगी व्यवसायीको नाताले नेपालको आर्थिक विकास तथा उद्यमशीलताको विकासको लागी जुन काम गरे त्यो अनुभव संगालेर आज म जुन स्थीतिमा छु त्यो अनुभव सेयर गर्नलाई पनि मलाई बरिष्ठ उपाध्यक्षमा सहयोग गर्नुपर्छ भन्ने मेरो बुझाई हो । । मैले आफ्नो जीवनको उर्जाशील समय, अझ भनौं २३ वर्षको उमेरमा उद्यमी व्यवसायीको रुपमा सुरु गरेको थिए जुन सानै उमेरमा उद्यम सुरु गरेको थिए आफ्नो भविष्यसँग र मैले नेतृत्वको लागि पनि जेसीसको प्लेटफर्ममा पनि संस्थापक उपाध्यक्षको रुपमा पनी मैले मेरो जीवन सुरु गरे र मैले जीवन शुरुवातमा नेतृत्व र उधमशीलतासगैं अघि बढाए । पछि म जेसीजको राष्ट्रिय अध्यक्ष पनि भए । पुर्वाञ्चलको ब्यवसायीक हकहितको लागि बिराटनगरलाई केन्द्र बनाएर धेरै रचनात्मक काम र गलत कार्यबिरुद्ध आन्दोलन पनि गरेको छु । म मोरङ उधोग संगठनको अध्यक्ष भएर गरेको काम, जिल्ला नगरमा रहदाँ गरेको काम सवै महासंघका साथीलाई थाहा छ । सन् १९१८ मा नेपाल जेशीजको राष्ट्यि अध्यक्ष पनि भए र जिल्लाको अध्यक्ष हुदांखेरी पनि मैले एशीयाको बेस्ट प्रेशिडेन्टको अवार्ड पनि पाए । नेपालमा सार्कको युथ सम्मेलन सम्पन्न गराए त्यतिवेला तत्कालीन महाधिराज विरविक्रम शाह र वडामहारानी ऐश्वर्याले उदेघाटन गर्नु भएको थियो । तसर्थ यी समग्र कुराले म के भन्न चाहानछु भने मैले नेतृत्व गर्नै क्षमतालाइ प्रमाणीत गरिसकेको छु भने आज मैले जबकि उद्योगी व्यवशायको नेतृत्व गरेर नेपाल उद्योग वाणिज्यमा आएको छु भने साथीहरुले मलाई सहयोग गरेर त्यहांसम्म पुराउनु पर्छ ।

FNCC-interview for pravat nedia

FNCC-interview for pravat nedia

हामीले महासंघको आन्तरिक जीवनलाइ हेर्दा धेरै किचलोहरु, दःखान्तहरु देखीसकेका छौ । वास्तवमा महासंघलाइ पछिल्लो समयमा हेर्ने हो भने छिटो आउने, एकैचोटी आउने बीचमा आएर नेतृत्व हत्याउने चलखेलमा लाग्ने आर्थिक सम्प्रंनताको दुष्टिकाणले, राजनीतिक संरक्षणको हीसाबले र पुर्व अध्यक्षसंग निकटताको हिसाबले म नेतृत्वमा आउनुपर्छ भनेर पहल गर्र्ने पनि उपाध्यक्षहरुका प्रत्यासी देखिन्छन् तपाइ के भन्नु हुन्छ?
यसमा एउटा कुरा के छ भने लक्ष्य र इच्छा हुनु भनेको सबैको स्वभाविक हो । तर मैले के भन्न खोजेको हो भने नेतृत्वमा गएर छिटो छिटो नेतृत्वमा गएर उसले आफनो क्यारिएरलाइ सफलताको सिडी चढाउन सक्दैन किनभने उदाहरणका लागी हामा्रे गोल्छा समुह सवैको पुर्खा हुनुहुन्थ्यो उहांहरुले लोटा लिएर नेपालमा धेरै दुःख गर्नुभयो र आज यो स्थानमा आइपुग्नु भएको हो । यसमा गोल्छा परिवारको पुर्खाको ज्यादै ठुलो योगदान छ । यो बेला म महेन्द्र गोल्छालाई सम्झन छु । उहाँको मेहनत र पसिनाले आज गोल्छा समुह यहाँ आइपुगेको छ । त्यहि कारण अहिलेको गोल्छा समुहको तेस्रो पुस्ता यहाँ छ । त्यसैले महासंघमा पनि क्रमिक नेतृत्व हस्तान्त्रण हुनु पर्छ । आर्थिक सम्पन्नता र ब्यवसायीलाई प्रलोभनमा पारेर कसैले चुनाव चित्ने सोचेको छ भने उसले चुनाव त जित्ला तर महासंघलाई एकतावद्ध पनि गराउन सक्दैन र काम पनि गर्न सक्दैन । यो त एउटा परिवार जस्तो पो तपाइको घरमा तपाइ पनि जवान हुनुहुन्छ तर तपाइलाइ तपाईको बुबाले किन निर्देशन दिनुपरेको भन्नु त तपाइ आफैै पाराले हिड्न थाल्नु भयो भने तपाईलाई अघि बढ्न गाह्रो हुन्छ । पुरानो पुस्ताको बिचारलाई नयाँ पुस्तामा हस्तान्त्रण गर्नुपर्छ । हाम्रो अनुभव र युवा ब्यवसायीको जोशले मात्र महासंघ अघि बढ्न सक्छ ।
महासंघमा खास गरेर भोली होइन आज, साझ होइन अहीले र चेकमा होइन क्याशमा नेतृत्व गर्न आउन चाहानेहरु लाइ तपाइ के भन्नु हुन्छ?

छिटै खाऊ, तातै खाऊ तातै मरु भन्ने मान्छेको जुन तृष्णा छ ,त्यसलाइ दुर गर्नको लागी भीरबाट लड्ने गोरुलाइ रामराम भन्न सकिन्छ तर काधँ थाप्न सकिदैन् । त्यसकारणले अहिलेको अवस्थालाइ तपाइले प्रस्टरुपमा भन्दा अहिलेको अवस्था त्यस्तै परिप्रेक्ष्यमा घुमिरहेको हामिले पाएका छौ । संगठनलाई सबल सक्षम नेतृत्व बनाएन भने यसको परिणाम के हुन्छ भनी तपाइले देखीहाल्नु भो सबै पोलिटकल पार्टीले आफनो इकोनोमीक एजेण्डा लिएर एउटा संस्था खोल्न सुरु गरिसकेको छ । यसको परिणाम के हो त हाम्रो नेतृत्वबाट केही कमी कमजोरी भएर नै त मान्छेहारु अगाडी आए होइन भने यसरी आउदैनथ्यो । त्यसैले अहिले महासंघमा मिलेर जाने बेला हो । नयाँ आएका साथीहरुले हतार गर्दा महासंघ नै दुर्घटनामा पर्न सक्छ । आफनो ब्यक्तिगत स्वार्थ भन्दा महासंघको स्वार्थमा ध्यान दिन आग्रह गर्छु ।
तपाइले यती महत्वपुर्ण काम गर्नु भएको छ । त्यसैले गर्दा यो २३ वर्षको महत्वपुर्ण समयमा उद्याोग बाणिज्य महासंघको उपाध्यक्ष हुनुहुन्छ । अब निर्वाचन आउदैछ चैत २८ गते र म तपाइलाइ सोध्न चाहान्छु कि महासंघलाइ सफल र सक्षम संगठनकोरुपमा यसलाई अघि बढाउन तपाईको कार्ययोजना के हो ?
मसँग प्रशस्त विचार छ । आगामी दिनहरुमा उद्योग बाणिज्य महासंघले गर्न नसकेका जति पनि हाम्रा पुराना अध्यक्षले गर्न नसकेका कुराहरु र भावि योजनाहरुलाइ मैले संकलित रुपमा एक मुस्ट मैले एजेण्डा बनाएको छु । जुन एजेण्डा घोषण पत्र मार्फत मैले सार्वजनिक गरी पनि सकेको छु । ति एजेण्डा राष्ट्को हितको लागी , यो देशको आर्थिक उन्नतिको लागी मैले पेश गरेको छु । उद्योगी व्यवशायीको बिचमा त्यो मेरो म्यानो फयास्टोबाट मलाइ विश्वास छ सबै उद्योगी व्यवशायीहरु ठुला उद्योगी व्यवशायीहरु र साना भन्दा साना उद्योगी व्यवशायीहरुले त्यसलाइ सकरात्मक दृष्टिकोणले मलाई नेतृत्वमा सफल बनाउनु हुने छ ।
तपाईले जुन चुनावी मेनोफेस्टो भन्नु भयो नी त्यसमा के छ बुदाँगतरुपमा भन्न मिल्छ ?
हामीे हाम्रो अभियान ः सक्षम नेतृत्व सशक्त संगठन भन्ने चुनावी नारा तय गरेका छौ । हिजोको बलियो र सक्षम नेतृत्व अहिलेको आवश्यकता हो । बिचमा जुन टिका प्रथाबाट नेतृत्व स्थापित गरियो त्यसले महासंघ बलियो बनाउदैन र बनाएन तपाई हामीले देखि सकेका छौं । । डमी उम्म्ेदवार खडा गरेर महासंघलाई आफनो पेवा बनाउन खोज्ने केहि गलत प्रबृतिले आज महासंघ समस्यामा परेको हो । यसबाट पुर्व अध्यक्ष निरास हुनु हुन्छ । हाम्रा संस्थापकहरुले देखेको महासंघभित्रको सपना साकार पार्न पनि मैले यसपाली जित्नै पर्ने छ र जित्छु भन्ने कुरामा ढुक्क छु । म सोध्न चाहन्छु केहि साथीहरुलाई पुर्व अध्यक्षहरु जसले महासंघको लागी रात दिन खटेर आज यो स्थानमा महासंघलाई ल्याउनु भयो उहाँहरुकै मानमर्दन गरेर महासंघलाई कहाँ लैजान खोजेको हो ? त्यसैले म भन्न चाहन्छु । साथीहरु खोला तरयौ लौरो बिसिर्यो जस्तो कुरा नर्गनुस् । म तपाईको अघिको कुरामा आउन चाहन्छु सक्षिंप्तरुपमा भन्नुपर्दा उद्योगी व्यसायीहरुको सम्मान र हक हितको रक्षा, उद्योगी व्यवसायी र लगानीकर्ताहरुको मनोवल बढाउने, सांगठनिक र सचिवालयको सुदृढिकरण जिल्ला÷ नगर वस्तुगत, द्विराष्ट्रिय सदस्यहरुको क्षमता वृद्धि र संस्थागत सुदृढकरणको पहल गर्ने, महासंघको शिर उच्च पार्ने, महासंघलाई आर्थिक उन्नतिको सशक्त संवाहक वनाउने, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन मा जोड, कृषिको व्यवसायीकरणमा निजी क्षेत्रको संलग्नता बढाउने, साना तथा मझौला उद्यमको विकासका लागि विशेष कार्यक्रम, रोजगार मुलुक उद्योग व्यवसायको विकास विस्तारलाई प्राथमिकता, श्रमिक व्यवस्थापन सम्वन्ध सुधारमा विशेष पहल गर्ने, राष्ट्रिय अन्र्तराष्ट्रिय सम्वन्धको विस्तार गर्ने, ‘निजी क्षेत्र विकास अनुसन्धान केन्द्र’ को स्थापना गर्न पहल गर्ने, सामाजिक रुपले उत्तरदायी व्यवसायी’ को स्थिती बनाउन पहल गर्ने मेरो योजना र प्रतिवद्धता रहेको छ ।

kishor pardhan interview

kishor pardhan interview

भनेपछि तपाई ढुक्क हुनुहुन्छ आफु बरिष्ठ उपाध्यक्ष निर्वाचित हुन्छु भन्ने ?
म १०० प्रतिशत ढुक्क छु । साथीहरुको सहयोग मलाई रहनेछ । र मेरो योगदानको मुल्याङकन गर्छन किनभने कसैले भने कसैले पनि परिक्षा दिनुभन्दा अगाडी उसले पढेको छ भने उसले त आफुलाई समिक्षा गर्छ नी पास हुन्छु भन्ने । म त पढेर लेखेर यहाँसम्म आइसकेको छु नि अनि म किन हच्किने अव ? म त सय प्रतिशत पास हुन्छु भन्ने विश्वास छ । कसैले मलाई फेल गर्नै सक्दैनन ।
भनेपछि परिक्षाको लागि तयार हुनुहुन्छ , त्यसको लागि फेयर इक्जाम हुनुपर्यो
हो तपाईले ठिक भन्नुभयो परिक्षा चाँहि फियर हुनुपर्यो यहाँ के छ भने परिक्षा लिनेले पनि गलत वातावरण क्रेट गर्नुभएन, किनभने त्यही गलत वातावरणको परिणाम आज तपाँईले अघि भनेको प्रश्न हो । हो त्यस्तो वातावरण साथीहरुले गरे भने आउने दिनमा संस्थामा हुने नराम्रो परिणाम र नकारात्मक असर साथीहरुले भोग्नुपर्ने हुन्छ । त्यसको म लेखाजोखा गर्न सक्दिन ।

ताजा अपडेट