उद्योग बाणीज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा जिताउनै पर्ने सफल ब्यवसायी प्रमोद श्रेष्ठ

parmod shrestha-pravat media

देशभरका ब्यवसायीहरु यतिवेला नेपाल उधोग बाणीज्य महासंघको चुनावी सरगर्मीमा रमाइरहेका छन् । यहि चैत्र २८ गतेबाट सुरु हुने उद्योग बाणीज्य महासंघको ५१ औं साधरण सभाबाट नयाँ नेतृत्व चयन हुने भएकाले यस साधरण सभालाई महत्वका साथ हेरिएको छ । यतिवेला धेरै ब्यवसायीबिच चर्चा र सर्वत्र चासो प्रमोद श्रेष्ठलाई लिएर भइरहेको छ जो दुई दशकदेखि महासंघमा आवद्ध छन् र उनले निरन्तर सफलता प्राप्त गरिरहेका छन् । म्याग्दी उधोग बाणीज्य संघको दुई कार्यकाल अध्यक्ष र महासंघको कार्यकारी समितिमा तिन पटक काम गरीसकेका र चौथो कार्यकालका लागी महासंघको जिल्ला नगरतर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ अरु प्रतिस्पर्धी भन्दा निकै प्रभावशाली मानिन्छन् । उनी किशोर प्रधान समुहबाट जिल्ला नगर उपाध्यक्षमा उम्मेदवार बनेका हुन् । किशोर प्रधान स्वय यसअघि जिल्ला नगरबाट उपाध्यक्षमा निर्वाचीत भएका थिए । जिल्ला नगरमा किशोर प्रधानको ठुलो प्रभाव भएकाले पनि यस पटक जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले जित्ने निश्चित छ । किशोर प्रधानको बिपक्षी सेखर गोल्छा समुहले जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । जवकी दिनेश श्रेष्ठ यसभन्दा अगाडी बस्तुगतबाट उपाध्यक्ष थिए । उनी जिल्ला नगरबाट उपाध्यक्ष बन्नु पर्ने ब्यवसायी नै होइनन् । गोल्छा समुहबाट जिल्ला नगरको उम्मेदवार बन्ने ब्यवसायी नभएपछि बस्तुगतका श्रेष्ठलाई जिल्ला नगर उपाध्यक्षको उम्मेदवार बनाइएको छ । यहि नै उनको हारको प्रमुख कारण बन्ने उनीनिकटकै ब्यवसायीहरु बताउछन् । गोल्छा समुहले जिल्ला नगरमा लोकप्रियता भन्दा पनि गुटगत समिकरण मिलाउन बस्तुगतका दिनेश श्रेष्ठलाई जिल्ला नगरको उपाध्यक्षको उम्मेदवार बनाएको हो । प्रमोद श्रेष्ठ भने महासंघको दुई दशक लामो सहभागीता जिल्ला नगरबाटै जनाएका छन् र उनी नेपालका ७५ जिल्लाकै उद्योगी ब्यवसायीका प्रत्यक्ष जोडिएका छन् । चैत्र २८ गतेबाट महासंघको उपाध्यक्षमा निर्वाचीत हुने तयारीमा रहेका प्रमोद श्रेष्ठसंग प्रभात मिडियाका प्रधान सम्पादक बिशाल गैरेले लामो कुराकानी गर्नु भएको छ । प्रस्तुत छ उहाँसंग गरिएको कुराकानीको सम्पादित अंस ः
बिगत केहि बर्षयता महासंघमा हुदै आएको अस्वस्थ प्रतिस्पर्धाले यसपाली पनि निरन्तरता पाउने संकेत देखिएको छ । तपाई जिल्ला नगरबाट उपाध्यक्षको उम्मेदवार हुनु हुन्छ । ब्यवसायीहरु के अपेक्षा गरीरहेका छन् तपाईबाट ?
देशभरका उधोगी ब्यवसायीहरु जिल्लास्तरका उधोग बाणीज्य संघहरुमा आवद्ध छन् । नेपाल उद्योग बाणीज्य महासंघमा धेरै प्रतिनिधित्व पनि यिनै संघहरुबाट हुने गरेको छ । म दुई दशकदेखि महासंघमा आवद्ध छु भने बिगत १० बर्षदेखि उद्योग बाणीज्य महासंघको केन्द्रिय नेतृत्वमा रहेको छु । जिल्ला नगरमा आफनै खाले समस्याहरु छन् जुन एसोसिएट्स र बस्तुगतबाट निर्वाचीत साथीले धेरै कम मात्र बुझनु भएको छ । काठमाडौं बस्ने, आफनो ब्यवसायमा मात्र ध्यान दिने, महासंघका लागी दिनको १ घण्टा पनि समय छुट्याउन नसक्ने साथीहरुले महासंघमा साधरण सदस्य भएर बसे हुन्छ तर यसको नेता बन्ने हो भने जिल्ला जिल्लामा पुग्नेै पर्छ । म बिगत दुई दशकदेखि जिल्ला नगरका समस्या, अवशर र सहभागीताका लागी लड्दै आइरहेको छु । अहिले आफना एजेण्डालाई स्थापीत गर्न, कार्यान्वयन गर्न उपाध्यक्षको उम्मेदवार भएको छु । बिगतदेखि नै जिल्ला नगरमै रहेर काम गरेको र अहिले मसंग प्रतिस्पर्धा गरिरहनु भएको ब्यवसायी मित्र जिल्ला नगरबाट नभई बस्तुगत समुहको हुनु हुन्छ जो अहिले जिल्ला नगरबाट उपाध्यक्ष लड्दै हुनु हुन्छ । सवै जिल्लाका साथीहरुले यसपालीको निर्वाचनमा यदि अस्वभावीक चलखेल भएन भने तपाईको जीत निश्चित छ । तपाईलाई बिजयी गराउन हामी काठमाडौं आउदैछौ भनिरहनु भएको छ ।
तपाईले अस्वभाविक चलखेल भनेर के लाई केन्द्रित गर्न खोज्नु भएको हो ?
महासंघमा आवद्ध साथीहरु र आम नेपालीलाई थाहा भएको कुरा हो देशमा हुने ठुला निर्वाचन हुन् या ठुला ब्यसायिक संघ, महासंघ र प्रतिस्ठानहरुमा हुने निर्वाचन हुन् त्यहाँ निर्वाचनलाई प्रभावित पार्न आर्थिक चलेखल हुने गरेको छ । चुनावको बेला भ्रमको खेती गर्ने, भए नभएका कुरा गर्ने। गर्न सक्ने नसक्ने सवैखालका काम गर्छु भन्ने र साम दाम दण्ड भेद प्रयोग गरेर चुनावमा मतदाता प्रभावित गर्ने काम हुने गर्छ । म यसको सुरु देखि नै बिरोधी हो । यदि हामीले काम गदैनौ भने यो आवश्यक होला तर म निरन्तर काम गर्ने बानीको मान्छे हो । धेरै साथीहरु यदि मसगं मलाई भेट्न र मसंग संगत गर्नु भएको छैन भने आउनुस् प्रमोद श्रेष्ठ आफना सवै पेशा ब्यवसाय छोडेर भए पनि महासंघमा समय दिन्छ र हिजोको दिनमा दिदै आएको छ । निर्वाचन भन्ने कुरा गफ होइन कामका आधारमा मुल्याङ्कन गर्ने बिषय हो । यदि तपाई साच्चै आर्थिक समृद्धीसहितको शसंक्त संगठन चाहनु हुन्छ भने मलाई तपाईले निर्वाचीत गराउनै पर्छ ।
तपाई उपाध्यक्षमा निर्वाचीत भएपछि गर्ने कामहरु के के हुन् ?
कुबिन्डोलाई खुट्टा लाइदिएर त्यो मान्छे हुदैन भन्ने मेरो मान्यता हो । मैले गरेको बिगतको काम नै मेरो बिजयको लागी हकदार हो भन्ने लाग्छ । तपाईहरु प्रभाव र पैसामा होइन स्वभाव र ब्यवहारमा ध्यान दिन जरुरी छ । राजश्व गस्तीका नाममा जिल्ला जिल्लामा ब्यवसायीलाई धम्काउने र आर्थिक दवाव दिने काम हुने गरेको छ म त्यसलाई पुर्णरुपमा रोक्ने छु । अहिले ठुला ब्यवसायी र सरकार मिलेर आयाति बस्तुको न्युन मुल्य तोक्ने न्युन बिजिकरण गरी सामान पठाउने , जिल्ला जिल्ला, गाँउ गाँउमा र प्रहरी र राजश्व कार्यलयले न्युन विजिकरणको नाममा उद्योगी ब्यवसायीलाई दुख दिइरहेको छ यस बिषयमा सरकार र महासंघको ध्यानाकर्षण गराउने छु । थ्रेसहोलको सिमा बढाइएको छ तर बिविध झन्झटिलो लेखा प्रणालीमा पारेर उद्योगी ब्यवसायीलाई आर्थिक भार पार्ने काम भइरहेको छ । सेज निमार्ण गरिन्छ बिधुत लाइज जडान हुदैन । उद्योग ब्यपार सञ्चालनको लागी ३ फेस मिटर माग्दा बिभिन्न बहानामा बषौं अल्झाइन्छ तर केहि अप्रत्यक्ष लेनदेन भएपछि तुरुन्त मिटर दिइन्छ । प्रत्येक जिल्ला र नगरस्तरमा औद्योगीक क्षेत्र स्थापना गर्नुपर्ने छ । हाइड्रोमा लगानी गर्दा बन, वातावरण, जग्गा प्राप्ती तथा स्थानिय अधिकारको नाममा अवरोध गरीन्छ । सिमेन्ट उद्योग खोल्दा बातावरणको नाममा अवरोध गरीन्छ । बातावरण तथा बिभिन्न बहानामा क्रसर उद्योगलाई बन्द गरिन्छ । जगंलको रुखहरु जगंलमै कुहिएर त्यसै खेर गइरहेको छ यसतर्फ सरकारको ध्यान छैन । उल्टै बिदेशबाट आयात गरिन्छ जसले हामीलाई आर्थिक नोक्सानी भइरहेको छ । यसका लागी मध्यस्थकर्ताकोरुपमा समन्वय गरी समस्या समाधानका लागी पहल गर्ने छु । ब्यवस्थीत र सरकारको नियमअनुसार चलेका होटेल तथा रेस्टुरेन्टलाई ९ बजे नै बन्द गराउने सरकारको निणर्य ब्यवहारिक छैन यसखाले समस्या समाधानमा मेरो ध्यान जाने छ । नेपालमा उत्पादित धान चामलको बजारीकरणमा मेरो मुख्य चासो रहने छ । तरकारी, फलफुल तथा जडिबुटी निकासी गर्दा क्वारेन्टाइन चेकिङ्मा हप्तौं लाग्ने गरेको छ जसले गर्दा निकासी गर्ने बस्तुहरु कुहिने, बिग्रने गरेको छ जसले करौडौंको नोक्सानी ब्यवसायीले भोग्नु परेको छ । यो समस्या समाधान गर्न मेरो प्रमुख पहल रहने छ । नेपालमा आयात गरीने सामाग्रीको ढुवानी गर्दा लाग्ने खर्च दिनको लागी आइसि नोटको अभाव सधै हुने गरेको ब्यवसायीक साथीहरुको गुनासो रहदैं आएको छ । यो समस्या समाधान गर्नको लागी सरकारसंग पहल गर्ने छु । खुला सिमानाका कारण नेपालका उद्योग, ब्यवसायहरु बन्द भएका छन् र कतिपय बन्द हुने अवस्थामा छन् यसको समाधान गर्न अत्यन्त जरुरी छ । ठुला ठुला उद्योगहरु, हाइड्रोहरु, एयरपोट, होटल तथा रिसोटहरु, केवलकारलगायत हरेक काम गर्न ब्यवसायीहरु सक्षम छन् । तर सरकारले अब्यवहारिक नियम बनाएको छ यसको परिमार्जनका लागी पहल गर्ने छु । म आफै पनि जिल्ला नगरमा बसेर त्यहाँका समस्या नजिकबाट बुझेको, महसुस गरेकोले जिल्ला नगरका उद्योगी ब्यवसायका समस्या समाधान गर्न महासंघ भित्र र सरकारसंग पहल गर्ने छु ।
तपाईको प्यानलले चुनाव जित्ने अरु केहि आधार छन् की ?

kishor pardhan team-FNCCI

kishor pardhan team-FNCCI

हाम्रो अभियान ः सक्षम नेतृत्व सशक्त संगठन भन्ने चुनावी नारा तय गरेका छौ । हिजोको बलियो र सक्षम नेतृत्व अहिलेको आवश्यकता हो । बिचमा जुन टिके प्रथाबाट नेतृत्व स्थापित गरियो त्यसले महासंघ बलियो बनाउदैन र बनाएन तपाई हामीले देखिसकेका छौं । । डमी उम्मेदवार खडा गरेर महासंघलाई आफनो पेवा बनाउन खोज्ने केहि गलत प्रबृतिले आज महासंघ समस्यामा परेको हो । यसबाट पुर्व अध्यक्षहरु निरास हुनु हुन्छ । हाम्रा संस्थापकहरुले देखेको महासंघभित्रको सपना साकार पार्न पनि मैले यसपाली जित्नै पर्ने छ र जित्छु भन्ने कुरामा ढुक्क छु । म सोध्न चाहन्छु केहि साथीहरुलाई पुर्व अध्यक्षहरु जसले महासंघको लागी रात दिन खटेर आज यो स्थानमा महासंघलाई ल्याउनु भयो उहाँहरुकै मानमर्दन गरेर महासंघलाई कहाँ लैजान खोजेको हो ? त्यसैले मलाई लाग्छ हिजो जस्तो महासंघमा आर्थिक चलखेल गर्ने, पैसाकै आधरामा जुनाव जित्ने सपना नदेखे हुन्छ । पुर्व अध्यक्षहरुको बिश्वास, महासंघप्रति निष्ठा, पारदर्शी जीवनशैली र चुनावी प्रतिवद्धता नै हाम्रो बिजयीको कारण बन्छ जस्तो लाग्छ ।
अन्त्यमा तपाईको ब्यवसायीक यात्रा कस्तो रहन गयो ? कुन कुन क्षेत्रमा आवद्ध हुनु हुन्छ ?
म ब्यवसायीक जीवनमा सफल छु । ब्यवसायसगैं सामाजीक सेवामा मेरो बढि समय जाने गरेको छ । अहिले म म्याग्दी पर्यटन विकास परिषद्को अध्यक्ष छु । म्याग्दी सञ्चार सहकारीको पनि अध्यक्ष छु । यसबाट भ्याग्दीकाली एफ.एम, केवल र इन्टरनेट सेवा सञ्चालन गरिएको छ । मेरो प्रायः दिनचर्या सामाजीक काम मै बित्ने गर्छ । समिल, आल्मुनियम, ग्रील, पेट्रोलियम, हाइड्रो, बैंक, बितिय क्षेत्रमा मेरो जीवन अघि बढिरहेको छ ।

ताजा अपडेट