जेबिल्स फाइनान्सको बुक क्लोज मिति तय, भदौ १२ गतेसम्म शेयर खरिद गर्नेले हकप्रद पाउने

काठमाडौँ,भदौ ६ ।जेबिल्स फाइनान्सले  बुक क्लोज मिति तय गरेको छ। फाइनान्सले हकप्रद निष्कासनकालागि भदौ १४ गते बुक क्लोज गर्ने जनाएको छ।

फाइनान्सका अनुसार भदौ १२ गतेसम्म दोस्रो बजारबाट शेयर खरिद गर्नेले फाइनान्सको हकप्रदमा आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँ रहेको छ। कम्पनीले गत वर्ष तीन करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

कम्पनीले गत वर्ष भन्दा मुनाफा ५० लाख रुपैयाँ कम गरेको हो । कम्पनीको प्रति शेयर आम्दामी १२.५५ र नेटवर्थ १२७.२६ रुपैयाँ रहेको छ।

ताजा अपडेट