नेपाल ग्रामिण विकास बैंकले आरएमडिसीको ८७ हजार कित्ता सेयर बेच्दै, न्यूनतम मूल्य ४०१ रुपैयाँ

काठमाडौं,भदौ ७। नेपाल ग्रामिण विकास बैंकले आफ्नो नाममा भएको आरएमडिसीको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ। बैंकले आफ्नो नाममा रहेको ८७ हजार ५६४ कित्ता संस्थापक शेयर भदौ १५ देखि २३ गतेसम्म लिलाम बढाबढको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
बैंकले शिलबन्दी बोलपत्रको लागि न्युनतम मुल्य ४०१ रुपैयाँ तोकेको छ। साथै आवेदनकर्ताले न्युनतम एक हजार कित्ता आवेदन दिन पाइने बैंकको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ। प्राप्त भएका शिलबन्दी बोलपत्रहरु भदौ २३ गते अपरान्ह ४ बजे एनएमबफ क्यापिटल नागपोखरीमा खोलिने बैंकले जनाएको छ।

ताजा अपडेट