सहयोगी हात बढाउदैं राजेश हमाल,पुगे सर्लाही

काठमाडौं,भदौ १२ – अभिनेता राजेश हमालले सर्लाहीका बाढी र डुवान पिडितका घाउमा मल्हम लगाउने काम गर्नुभएको छ ।

उहाले आफ्नै एकल खर्चबाट सर्लाहीका सकरौल, सिवनगर, बिनगर्राका पिडितलाई राहात सामाग्री बितरण गर्नुभएको छ ।
उहांका निजी हेयर डिजाइनर राम ठाकुरको पहलमा सो जिल्लाका २०० परिवारलाई प्रति परिवार २० किलो चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धवृद्धालाई ओढ्ने समेत दिनुभएको छ । सर्लाही ठाकुरको गृह जिल्ला पनि हो ।

सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पिडितले राहत नपाएको भन्ने समाचार बिभिन्न समाचार माध्यममा सुनेपछि राहत बोकेर आफु सर्लाही झरेको अभिनेता राजेशले बताउनुभयो ।
सो क्रममा पिडितहरुले हमालसँग अहिलेसम्म समाजिक सुरक्षा भत्ता नपाएको गुनासो समेत गरेका थिए ।
हमालले समाजिक सुरक्षा वापतको भत्ताको लागी पहल गर्ने आश्वासन दिएको टोलीमा रहेका राम ठाकुरले बताउनुभयो ।

ताजा अपडेट