यो बर्ष ५० हजार स्वरोजगार सृजना गरिनेछ- डा. प्रेम दंगाल

बि.स २०२० साल काक्तिक ११ गते खोटाङ्को खिदिमा गा.वि.स. वडा नं ७ बोपुङमा डा. प्रेम दगांल जन्मनु भएको थियो । उहाँले त्रिभुवन बिश्वबिधालयबाट ग्रामीण बिकास विषयमा बिधावारिधि (पि.एच.डी) र सोही विश्वविद्यालयबाट एम.वि.ए.हासिल गर्नुभयो । उहाँ आर्थिक तथा विकासका विभिन्न विषयमा बिज्ञता हासिल गरी हाल अर्थ मन्त्रालय अन्र्तगतको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षकोरुपमा क्रियाशील हुनु हुन्छ । राष्ट्रिय योजना आयोगको सदस्यको रुपमाछोटो समय कार्यरत रहँदा पनि उहाँले मुलुकको योजना प्रणालीमा सुधार गर्न महत्वपूर्ण भूमीका खेल्नु भयो । उहाँले हिमाली १६ जिल्लाको ग्रामीण बस्ती बिकासको योजना तथा बाजुरा जिल्लाको नमुना वस्ती विकासको कार्ययोजना बनाउने कामको नेतृत्व गर्नु भयो । बजेट आउनु अघि नै कार्यक्रम स्वीकृत गरी कार्यान्वनमा लान पर्ने, साना टुक्रे योजना समेटेर निकालिने जिल्लागत विकास कार्यक्रम भाग २ खारेजी गर्ने, आयोगकै पुनर्सरचनाको प्रस्ताव तयार गर्ने काममा महत्वपूर्ण भूमीका खेल्नु भयो । 
के.पी शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई ४ बर्षे कार्यकालका लागी कोषको कार्यकारी उपाध्यक्षको जिम्मेवारी दिएको थियो । सरकारले पुषको अन्तिममा उहाँलाई जिम्मेवारी दिने निर्णय गरेको भएपनि उहाँको स्वास्थमा समस्या आएकाले उहाँ दिल्लीमा उपचार गराउन गै फागुनमा मात्र कोषको नेतृत्व लिनु भएका दंगाल त्यसयता कोषको नियमित काममा क्रियाशिल हुनु भएको छ । उहाँ उपाध्यक्षमा बहाली भएयता करिब डेढ दुई अर्वको लगानी गरी यसबाट करिब १५,२० हजारको हाराहारीमायुवा तथा साना व्यवसायीहरुलाई स्वरोजगार बनाउन कोष सफल भएको दावी उहाँको छ । 
नयाँ सरकार गठन भएसगैं उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा सञ्चालक समितिको दोस्रो बैठक बैठकले युवा स्वरोजगार कोषका बारे केहि आश लाग्दो निणर्य गरेको छ । युवा स्वरोजगार कोषको बर्तमान अवस्था, देशको अर्थतन्त्रमा देखिएका चुनौती र युवा पलायनलाई रोक्न कोषको सक्रियाताका बिषयमा प्रभात मिडियाका लागी प्रधान सम्पादक बिशाल गैरेले गर्नु भएको कुराकानीको सारसंक्षेप ः 
पछिल्लो समय कोषका बारेमा सकारात्मक नकारात्मक कुनै खाले समाचार हामी मिडियामा देखिरहेका छैनौं ? हामीलाई बताईदिनुस् कोषमा अहिले के भइरहेको छ ?
नकारात्मक काम कोषबाट भएकै छैनन् । त्यसो नभएपछि त्यो विषय सार्वजनिक हुने कुरै भएन । अहिले कुनै काम कोषमा हुन्छ भने त्यो सकारात्मक मात्र हुन्छ । र सकारात्मक परिणाम दिने गरी कोषको काम अघि बढेको छ । नकारत्मक टिका टिप्पणी गर्नुपर्ने कुनै बिषय छन् जस्तो लाग्दैन । कोषका अध्यक्ष माननीय उपप्रधान मन्त्री एवं अर्थमन्त्री ज्यूको अध्यक्षतामा भरखरै बैठक बसेर ज्यादै महत्वपूर्ण र केही नयाँ कार्ययोजना र कार्यक्रम पारित गरेकोछ । साथै बैठकलेकोषलाई अझ ब्यवस्थीत, संगठित र आफ्नो उदेश्यमा केन्द्रीय भएर लाग्न निर्देशन गरेको छ, केही रणनीतिक महत्वका निर्णयहरु भएका छन् । कोष सचिवालयको हाम्रो सम्पूर्ण टिम युवा स्वरोजगार कोषको लक्षित उद्देश्य पुरा गर्न अहोरात्र खटिरहेको छ । यसबिचमा धेरै महत्वपुर्ण कामहरु र उपलब्धीहरु भएका छन् । म प्रचारमा भन्दा काममा बिश्वास गर्छु । त्यसैले पछिल्लो समय जिल्ला जिल्लाको कार्यक्रमहरु अनुगमनमा समेत सहभागि हुँदै आएको छु । अव निकट भविष्यमै तपाईहरुले सकारात्मक परिणाम थाहा पाउनु हुने छ ।
हामी यो बर्ष करिब ५० हजारको हाराहारीमा स्वरोजगार सृजना गर्दैछौ । कोषका कर्मचारी साथीहरु यसका लागि अहोरात्र खटिनु भएको छ । हामीले हाम्रो कामलाई अभियानकै रुपमा अघि बढाइरहेका छौ । यो वर्ष ५० हजार, आउने बर्ष १ लाख, तेस्रो वर्ष २ लाख र चौथो वर्ष ४ लाख युवा, गरिब र वेरोजगारलाई स्वरोजगार बनाउने क्षमताकासाथ कोष प्रस्तुत हुनु पर्दछ । म यो प्राप्तीका लागि लागेको छु । यसका लागि थप आन्तरिक छलफल गरी संचालन समितिमा प्रस्तुत गर्ने योजनामा छु म । यो कोष र नेपाल सरकारको संकल्प हुनु पर्दछ भन्ने मलाई लाग्छ । यस्तो अवस्थामा कोही पनि कामका लागि विदेश जाने छैनन् । सबैलाई मुलुकमै उत्पादनमा सामेल गरिनेछ र समृद्ध समाज बनाइनेछ ।
योजनाको कुरा गर्दा यसै वर्षबाट कोषले देशभरीका ९२७ इलाका (भोली पुनर्सरचना हुँदा करिब ७०० देखि ८०० सम्मको हाराहारीमा बन्ने इकाइबाट)प्रत्येक इकाइबाट रु १ करोडका दरले प्रस्ताव आव्हान गरी राम्रो एक प्रस्ताव स्वीकृत गरी ८०० वटा नमुना व्यवसाय संचालन गर्न ८०० करोड अर्थात ८ अर्व कर्जा हामी लगानी गर्दैछौ । माथि चर्चा गरिएको ५० हजारमा यो योजना समेत सामेल छ । कोष यो क्षमताका साथ अगाड बढेको छ । यो संकल्प पूरा गर्न सबै सम्वन्धित पक्षलाई म अनुरोध र आव्हान पनि गर्दछु ।
यति धेरै रोजगारी सृजना गर्दा त ठुलो लगानी लाग्ने होला, त्यो कसरी जुटाउनु हुन्छ ?
तपाईले महत्वपूर्ण प्रश्न गर्नु भयो । हामीले पनि बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा नै लिने हो । र यो कर्जालाई पुन बैंक तथा वित्तिय संस्था तथ सहकारीलाइ पुनर्कर्जा दिने हो । यस्तो कर्जा क, ख, ग, घ श्रेणीमा विभाजित गरिएका वैंकहरुले क्रमश उनीहरुले विपन्न क्षेत्रमा लगानी गर्नुृ पर्ने लगानीको एक तिहाई कोषमा पठाउनु पर्ने भएकाले हामीसँग लगानी पर्याप्त छ र हुन्छ । ५० हजार बराबरको स्वरोजगार सिर्जना गर्दा गरिब १० अर्ब कर्जा लगानी गर्नु पर्छ, जुन कुरा हामी यसै वर्ष गर्दैछौ ।
तपाई आएपछि प्राथमिकताका साथ सुरु गरेको स्वरोजगार कोषका मुख्य कामहरू केके हुन् ?
मुलुकका १८ देखि ५० वर्षसम्मका बेरोजगार युवा तथा व्यवसायीहरूलाई स्वरोजगार बनाउनु यसको मुख्य कार्य हो । यति महत्वको काममा सहभागी हुन पाउँँदा गौरवको अनुभूति पनि हुन्छ । युवाहरूमा अन्तरनिहित सीप, प्रतिभा र जाँँगरलार्ई देशभित्रै अड्याउन अनेक अवसर सिर्जना गराउनु, आर्थिक हिसाबले पछाडि परेका, विपन्न वर्ग, महिला, दलित, जनजाति, आदिवासी, अपांग, घाइते तथा सहिद परिवारलाई स्वरोजगार बनाउनु यसको महत्वपूण कार्य हो । त्यसैगरी, परम्परागत सीपमा आफ्ना जीविकोपार्जन गर्ने समुदायमाथि समेत उल्लिखित वर्ग तथा समुदायलाई तालिम र कर्जा दुवैमा उनीहरूको पहुँच स्थापित गर्न विशेष रूपमा प्राथमिकता दिई स्वरोजगार बनाउनु कोषका कार्यहरू हुन् । अतः बेरोजगार नेपाली नागरिकलाई स्वरोजगार बनाई उद्यमी बनाउने महत्वपूर्ण कार्य नै मेरो प्राथमिकतामा छ । बेरोजगारलाई रोजगार बन्न आवश्यक सस्तो ब्याजदरमा आवश्यक पुँजी उपलब्ध गराई विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गरी मुलुकको विकासमा सहयोग पु¥याउनु कोषको उद्देश्यभित्र पर्दछ । म यिनै उद्देश्यलाई कार्यान्वयन गर्न जुटेको छु ।
    तपाई युवा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्ष भएको पनि १०महिना भयो । यसबिच के कस्ता उपलब्धीहरु हासिल भए ?
यसबिचमा मैले केहि महत्वपुर्ण कार्यक्रम अगाडी सारेको छु । कोषका धेरै नै महत्वपूर्ण उद्देश्यहरू छन् र ती उद्देश्यहरू परिपूर्तिका लागी सरकारले मलाई यो जिम्मेवारी दिएको हो भन्ने लाग्छ । मुलुकमा बेरोजगारीको कहालीलाग्दो अवस्था छ । खासगरी आर्थिक हिसाबले सीमान्तकृत समुदाय, गरिब, बेरोजगार, विपन्न वर्गलाई स्वरोजगार बनाउने जिम्मेवारी कोषको हो । कोषको यही उद्देश्य पूरा गर्न म दिनरात तल्लीन रहेको छु । म यहाँ आएपछि करिव डेढ दुई अर्वको लगानी गरि सकिएको छ । यसबाट करिव १५,२०हजार युवा स्वरोजगार भएका छन् । माननीय अर्थमन्त्री ज्युको अध्यक्षतामा बसेको बैठकले कार्ययोजना पारित गरेको छ । अव छिट्टै तिहार अघि नै अर्को बैठक आयोजना गरी बिगतको समिक्षा गरी,नयाँ योजनाका साथ अघि बढ्छौं । सकारात्मक नतिजा निकाल्नै हाम्रो प्रयास छ । माथि चर्चा गरिएका अनेकन समस्यालाई मैले चुनौतीसँगसँगै अवसरका रूपमा पनि लिएको छु र समाधानका लागि आवश्यक कदम उठाउन लागिपर्नेछु । यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ । भविष्यमा यसको परिणाम आउनेछ ।
राष्ट्रको उर्जाशील श्रमसक्ति बिदेश पलाय छ । नेपालमा भएका युवाहरु पनि बेरोजगार भएर भौतारीरहेका छन् । देशमा स्वरोजगार सृजना गर्ने निकाय कोष भने कता कता अलमलमा भए जस्तो देखिन्छ । खास के कस्ता चुनौतीले गर्दा कोषले गति लिन नसकेको हो ?
तपाईले भनेको कुरामा केहि हदसम्म सत्य छ । म बिगतमा के भयो भन्ने बिषयतर्फ जान चाहन्न । विगतबाट पाठ सिक्ने बाहेक अन्य के गर्न सकिन्छ र ?राम्रा र सकारात्मक पक्षलाई अगाल्ने र नकारात्मक पक्षबाट सिक्ने । म आउनु भन्दा अगाडी ६ महिना कोष नेतृत्व बिहिन भयो । त्यसवीचमा पुँजी परिचालन हुन सकेको थिएन । बिगतमा लगानी गरिएको रकम पनि लक्षित उद्देश्यमा खर्च भएन भन्ने गुनासो छदैछ । तर कोषलेयस वीच ती ठुलो मात्रामा कर्जा लिने तर नतिर्ने मनोवृति भएका सहकारीका जिम्मेवारलाई पटकपटक तागेता गर्ने, उनीहरुसँग बैठक समेत गरी कर्जा भूक्तानी गर्न भनिएकोछ । अब पनि म्याद नाघिसकेका त्यस्ता सहकारीहरुले ऋण चुक्ता नगरे कानून बमोजिम प्रकृृया अगाडि बढाइ अशुल उपर गरिनेछ । यसको समेत जानकारी सम्वन्धित पक्षलाई दिइ सकिएको छ ।
यसवीचको मेरो अनुभवले यो संस्था निकै राम्रो सम्भावना बोकेको निकायकारुपमा बुझेको छु । यसका उद्देश्यहरु निकै गहन र दूरगामी प्रकृतिका छन् । यीनको कार्यान्वन गर्न सक्दा रोजगारी सृजना, गरिबीको अन्तसँगै राष्ट्रको समृद्धी र दिगो विकासमा यसले टेवा दिन्छ । जहाँसम्म कोषका चुनौतीका कुरा छ । समस्या जहाँ पनि हुन्छन् त्यसलाई नेतृत्वले क्रमिकरुपमा हल गदैं जाने हो । जति अवसरहरू छन् चुनौतीहरू पनि त्यत्तिकै छन् ।

यो संस्था अर्थ मन्त्रालयको एउटा महाशाखा हो कि ?

एक स्वायत्त संगठित संस्था हो, अहिलेसम्म स्पष्ट हुन सकेको छैन । सस्तो व्याज दरमा र अन्य थुप्रै सुविधाहरू सरकारले प्रदान गर्दा पनि युवाहरूलाई आजको अवाश्यकता अनुरुप कोषको लगानीमा आकर्षण गर्न गराउन सकिएको छैन । संस्था स्थापना हुँदा विभिन्न प्रयोजनका खासगरी युवालाई तालीम दिन संगठित संस्थाहरूले नै लिएको पेश्की रकम कलमको हालसम्म फछ्र्योट हुन नसक्नु अर्को विडम्बना बनेको छ । तर यसका लागि आवश्यक कार्वाही कोषले अगाडी बढाई सकेको छ । त्यसरी पेश्की लिने तर फर्र्यौट नगर्नेहरुले पनि कानूनी प्रकृयाको सामना गर्नु पर्छ । यसको पनि सम्वन्धित पक्षलाई जानकारी गराई सकिएको छ ।
समस्याकै कुरा गर्दा पर्याप्त दक्ष कर्मचारीको अभाव रहेको छ । जिल्लाहरूमा कोषका कुनै शाखाहरू नभएकाले सहयोगी संस्था र स्वयंसेवकबाट ठूलो पैमानाको लगानी र असुलीको काम चलाउनुपरेको छ । कोषलाई छुट्टै ऐनद्वारा सञ्चालन गर्न सकिएको छैन । नियमावली र निर्दे्शिकाहरू समयमै संशोधन हुन सक्दैनन् । सहकारीहरूको क्षमता अभिवृद्धि गर्न सकिएको छैन ।हामी कहाँ तालुकवाला कार्यालय र सरकारका अन्य एजेन्सीहरूसँग आवश्यक समन्वयको अभाव र साधनस्रोतको ज्यादै ठूलो अभाव रहेको छ ।

संस्था स्थापना हुँदा यो संस्था संचालनका लागि ५० करोडको हाराहारीमा बजेट विनियोजन गरिएको थियो । यो घट्दै घट्दै यो आर्थिक बर्ष मात्र १० करोडमा बजेट स्वीकृत भएको छ । यस्तो अवस्थामा यत्रो संकल्प कसरी पूरा गर्ने ?

यस्तो अवस्थामा पनि कामलाई अगाडि बढाउन र कामबाटै जित्न मैले कोषका कर्मचारीलाई आग्रह गरेको छ । तर यो अवस्थाको अन्त गर्नु पर्छ । पयाप्तमात्रामा बजेट विनियोजन गरी कोषको यो कामलाई मद्धत गर्न मन्त्रालय तयार हुनु पर्छ । यो संस्थाका बारेमा हिजो जसरी हेरिन्थ्यो र बुझिन्थ्यो, त्यो हिजैको कुरा हो, आज फरक, पारदर्शी, व्यवस्थित र नियमसंगत ढंगले कामहरू भइरहँदा पनि कतिपयले उही आँखाले हेर्ने दृष्टिकोण छ, त्यसमा परिवर्तन गराउन सकिएको छैन । तर हामी परिणामबाटै यसको जवाफ दिने छौ ।
तपाईको नियुक्ती र राजनीतिक आस्था फरक भएकाले अर्थमन्त्री तपाईलाई हटाउन चाहन्छन् भन्ने जस्ता टिकाटिप्पढीहरु हामी सुन्ने गछौं । यसको कत्तिको सत्यता छ खुलेर बताईदिनुस्
यो प्रश्न मलाई हैन अर्थमन्त्री ज्युलाई नै सोध्नु भएको भए हुन्थो । तर मलाई यस कुरामा सत्यता छ जस्तो लाग्दैन । किन भने मलाई तत्कालीन सरकारले चार बर्षका लागि नियुक्ती गरेको हो । र, म निष्ठापूर्वक, इमान्दारीताका साथ मेरो पूरै क्षमताका साथ यो संस्थाका घोषित लक्ष्य प्राप्तीमा अविचलित भै कार्यरत छुु । अर्थमन्त्री ज्युले तपाई ढुक्क भएर काम गर्नुस मेरो पुर्ण सहयोग रहने छ भन्नु भएको छ र सहयोग गरिरहनु भएको छ । मन्त्री र मन्त्री ज्यूको टिमबाट मैले राम्रो सहयोग पाएको छ । अर्थमन्त्री ज्युको धारणा पनि कोषले २१ औं शताब्दीमा चुनौतीको रुपमा रहेको बेरोजगारीताको समस्यालाई हल गदैं देशलाई आत्मनिर्भर बनाउनु पर्छ भन्ने धारणा नै छ । मेरो कुनै ब्यक्तिगत इच्चा, स्वार्थ छैन ।
तपाईले बिदेशपलायन भएका युवालाई नेपालमै स्वरोजगार बनाउने कुरा गर्नु भयो । कोषले प्रदान गर्ने ऋणमा के त्यस्ता विशेषता छन् जसले विदेश जाने युवाहरूलाई आकर्षित गर्न सक्छ ?
तपाईले एकदम उचित प्रश्न गर्नु भयो । पहिलो त कोषले प्रदान गर्ने कर्जामा प्रचलित बजारदरभन्दा सस्तो ब्याजदर हुन्छ । दोस्रो कर्जा्विना धितो प्रदान गरिन्छ । तेस्रो व्यवसायी तथा व्यवसायीले सञ्चालन गर्ने व्यवसाय दुवैको निःशुल्क बिमाको व्यवस्था गरी बिमाको सम्पूर्ण प्रिमियम सरकारले तिरिदिने गर्दछ । यसरी जोखिम न्यूनीकरण गरिएको छ । चौथो कर्जा लगानी गर्नुभन्दा अगाडि व्यवसायीहरूलाई आवश्यक पर्ने तालिम उपलब्ध गराइन्छ । पाँचौं असल व्यवसायीलाई सरकारले ६० प्रतिशत ब्याज अनुदान प्रदान गरेको छ । छैटांै, व्यवसायीले उद्देश्यअनुरूप लगानी गरेको छ,छैन, त्यसको कोषको केन्द्र तथा जिल्ला संयन्त्रबाट नियमित अनुगमनको व्यवस्था गरिएको छ । व्यवसायीले राम्ररी व्यवसाय सञ्चालन गरी कर्जा माग भए १ सय ५० प्रतिशतसम्म थप कर्जाको व्यवस्था गरिएको छ ।
विगतमा कोषको रकम दुरुपयोग भयो भन्ने कुरा उठेको थियो, अब त्यस्तो नहुने आधार के छ ?
विगतमा ऋण लिने, अनियमितता गर्ने र नतिर्नेहरूलाई कानुनी दायरामा ल्याउन कोष लागिरहेको छ । यसको परिणाम छिट्टै देख्नुहुनेछ । कोषले विगतमा जस्तो होइन नयाँ ढंगले कामलाई अगाडि बढाएको छ । कोषको प्रतिष्ठालार्ई धुमिल हुन दिइनेछैन । विगतमा जस्तो अब नसोच्दा हुन्छ । जनताको करबाट आएको स्रोतलाई हिनामिना गर्ने जोसुकै होस, कानुनी कठघरामा ल्याइनेछ । अरू थुपै्र समस्यालाई पनि तालुक कार्यालय अर्थ मन्त्रालय र सरकारसँग सघन सम्बन्ध स्थापित गरी समाधान गरिनेछन् ।
अलिकति प्रसङ्ग बदल्न चाहन्छु तपाई राष्ट्रिय योजना आयोगमा पनि काम गरिसक्नु भएको छ । आर्थिक क्षेत्रमा बिज्ञता राख्नु हुन्छ । गत सरकारले निति तथा कार्यक्रम र बजेट ल्यायौं त्यसपछि ढल्यौं र अहिले नयाँ सरकार छ । यसबिचमा देखिएका अर्थतन्त्रका चुनौतीलाई कसरी लिनु हुन्छ ?
नेपालको आर्थिक अवस्था निकै चुनौती पुर्ण अवस्थामा रहेको छ । आर्थिक बिषयमा सवै क्षेत्रको साझा धारणा बनाउनु जरुरी छ । पहिलो कुरा हाम्रो आर्थिक बृद्धिदर न्युन छ । गतबर्ष आर्थिक बृद्धिदर एक प्रतिशतको हाराहारीमा पनि हुन सकेन जबकी हामीले ५, ६ प्रतिशत आर्थिक बृद्धिको प्रक्षेपण गरेका थियौं । दोस्रो कुरा सन् २०२२ मा मुलुकलाई अल्पविकसीत राष्ट्रबाट बिकासन्मुख राष्ट्र बनाउने सरकारको लक्ष्य छ, त्यसमा पनि समस्या आउने अवस्था देखिन्छ । यहि गतिमा यो पुरा हुन सक्दैन । हामीले उत्पादन र आर्थिक बृद्धिमा जोड दिनु जरुरी छ । तेस्रो कुरा हाम्रो ब्यापार घाटा बढ्दै गएको छ । पुर्वाधार निमार्णमा लाग्न सकेका छैनौं । चौथो कुरा युवाहरु बिदेश पलायनलाई रोक्न सकेका छैनौ र अर्को महत्वपुर्ण कुरा पुँजीगत खर्च ज्यादै कम छ । यि मुलुकको अर्थतन्त्रका लागी शुभ सकेंत होइनन् ।
यि चुनौती सामना गर्न बर्तमान नेतृत्व सक्षम छ त ?
सरकारको निति योजना, कार्यक्रम ठिक छ । अहिलेको मुल नेतृत्व यसको कार्यान्वनमा लाग्नुपर्छ नहुने नसकिने भन्ने केहि पनि छैन । देशको उर्जाशील जनसक्तिलाई काम गर्न प्रोत्साहन गर्नुपर्छ र त्यहि अनुसारको बातावरण तयार गर्नु पर्छ ।

                                                        डा. प्रेम दंगाल 
कार्यकारी उपाध्यक्ष, युवा तथा साना ब्यवसायी स्वरोजगार कोष

ताजा अपडेट