एनआरएन यूएईको अध्यक्षमा रमेश श्रेष्ठ विजयी

यूएई, भदौ ३१ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) यूएईको अध्यक्षमा स्याङ्गजाका रमेश श्रेष्ठ निर्वाचित हुनु भएको छ । डेरा दुबई स्थित काल्टन टावरमा शुक्रबार सम्पन्न सातौं अधिबेसनले श्रेष्ठलाई २०१७–२०१९ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
अधिबेसनमा आईसिसि सदस्य, अध्यक्ष, तिन उपाध्यक्ष, एक महासचिव र एक कोषाध्यक्ष पदका लागि निर्वाचन भएको थियो। एनआरएन युएईको ०१७–०१९ कार्यकालका लागि अध्यक्ष पदमा रमेश श्रेष्ठ र शालिक सुबेदीको उमेदवारी परेको थियो। रमेश श्रेष्ठले १६३ मत र शालिक सुबेदीले १०८ मत प्राप्त गर्नु भएको छ । ५५ मत अन्तरका साथ श्रेष्ठ निर्वाचित भएका हुन भएको हो ।


त्यस्तै तीन उपाध्यक्षका लागि पाँच जनाको उमेदवारी परेको थियो। जसमा नेत्र प्रसाद शर्मा (२४३ मत) बालकृष्ण मरासिनी (१७७ मत) र निर्मल कुमार पोखरेल (१६०मत) प्राप्त गरि निर्वाचित भएका छन। उपाध्यक्ष पदका उमेदवार लक्ष्मण श्रेष्ठले ८२ र नर बहादुर सेनले ९० मत पाएका थिए।
महासचिवका लागी दुई जनाको उमेदवारी परेकोमा निश्चल दाहाललाई ७५ मतले पछि पार्दै कृष्ण प्रसाद पौडेल बिजय हुनुभयो । दाहाले ९७ मत र पौडेलको १७२ मत रहेको छ। त्यस्तै कोषाध्यक्ष पदमा बालकृष्ण अधिकारीलाई ७८ मतले पछि पार्दै राजु केसी निर्वाचित भएका छन। केसीले १७३ मत ल्याउनु भयो भने प्रर्तिस्पर्धी अधिकारीले ९५ मत पाउनुभयो ।

त्यस्तै गरी दुई जना एनसिसि सदस्य पदका लागी तिन जनाको उमेदवारी परेकोमा ठाकुर प्रसाद ढुङ्गाना र चित्र बहादुर केसी निर्वाचित भएका छन। ढुङ्गानाले २०६ मत पाउनुभयो भने केसीले १७६ मत पाउनुभयो । एनसिसि सदस्यका अर्का उमेदवार नेत्र नारायण थनेतलाई ९७ मत परेको थियो। निर्वाचनमा कुल मतदाता संख्या २८९ रहेको मा २७३ मत खसेको थियो।
एनआरएन युएईका दुई सचिव सहित १७ जना भने निर्बिरोध निर्वा्चित भैसकेका छन। निर्विरोध निर्वाचित हुने सचिवमा राजेश बोहोरा र मिल बहादुर गुरूङ्ग रहेका छन। युवा संञ्जाल प्रतिनिधिमा नविन पौडेल र महिला संञ्जाल प्रतिनिधिमा मोति कुमारी राई निर्विरोध निर्वाचित भएका हुन्।
सदस्यहरूमा बिदुर न्यौपाने, मोहमद समिम, दिनेश पराजुलि, ओम प्रसाद उप्रेति, शमसेर योञ्जन, राजन खतिवडा, धर्मेन्द्र गोहीबार, जिवन दास, केशव शर्मा नेपाल, लछुमन काफ्ले, दुर्गा प्रसाद काफ्ले, तोरण दत्त सुवेदी र टकबहादुर गुरूङ्ग रहेका छन्।

ताजा अपडेट