एनआरएन यूएईको पहिलो बैठकः राहत तथा उद्दारकोष स्थापना, ३३ हजार दिराम संकलन

यूएई, असोज ७ । एनआरएन यूएईको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न बैठकले एनआरएनलाई स्थानीय कानुन अनुसार दर्ता गराउन यस कार्यसमितिले प्राथमिकता दिने भएको छ । त्यसका लागि अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा एक समिति समेत निर्माण गरिएको छ ।
समितिको सदस्यमा उपाध्यक्ष नेत्र शर्मा , आईसिसि सदस्य ठाकुर ढुंगाना, युवा संयोजक नविन पौडेल, दुबई अध्यक्ष मदन अधिकारी रहेका छन् ।
युएईमा रहेका सम्पूर्ण नेपाली संघसस्थाहरू संग सहकार्य र एकता गर्दै अगाडि बढ्नको लागी एनआरएन युएईका महासचिव कृष्ण पौडेलको संयोजकत्वमा समिति समेत निर्माण गरेको अध्यक्ष रमेश श्रेष्ठले बताउनु भयो।
एनआरएन युएईले राहत तथा उद्धारकोष समेत स्थापना गर्ने भएको छ । त्यसको शुरुवात पहिलो बैठकबाटै भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
पहिलो दिनको बैठकबाट १४ हजार दिराम संकलन भएको श्रेष्ठको भनाई छ । निर्बाचन प्रकृयाका क्रममा उठेको रकमबाट पन्ध्र हजार दिराम, हिजोको बैठकमा संकलित चौध हजार र समिति सदस्यहरूबाट संकलित चार हजार गरि जम्मा तेत्तिस हजार दिराम संकलन भएको र प्रत्येक महिना न्युनतम चार हजार दिराम  कार्य समिति बैठकबाट थपिदै जाने श्रेष्ठले जानकारी दिनुभयो ।
युएईमा रोजगारीको शिलशिलामा पञ्जिकृत सदस्यको निधन भएमा उनको परिवारलाई एक लाख पचास हजार रुपैया र कामको शिलशिलामा अंगभंग भई नेपाल फर्कनु पर्ने भएमा त्यस्ता सदस्यलाई नेपाली एक लाख रुपैया उपलब्ध गराईने भएको छ ।
एनआरएनले आफ्नो पहिलो बैठकबाट संस्थाको प्रवक्तामा मनु क्षेत्रीलाई चयन गरेको छ ।
त्यस्तै कार्यसमिति सदस्यमा सागर लुईटेल, बिष्णुहरी बगाले, असार तामाङ, ओम प्रकाश पोख्रेल, सुदिप खराललाई मनोनित गरेको र एक जना महिला सदस्य अर्को बैठकबाट चयन गरिने उहाँले जानकारी दिनुभयो ।
एनआरएनको गतिविधिलाई प्रभावकारी बनाउन एनआरएन युएईका पदाधिकारीको संयोजकत्वमा बिभिन्न उप(समिति निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गोपाल कंडेलको संयोजकत्वमा बिशेष समिति समेत निर्माण गरिएको छ।

एनआरएनका गतिविधिमा महत्वपुर्ण भुमिका खेल्दै आएका समाजसेवी समेटेर छ जनाको सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।
सल्लाहकार समितिमा निबर्तमान अध्यक्ष सुदिप कार्की, जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेल, जन प्रगतिशिल मञ्च युएईका कार्यबाहक अध्यक्ष बाबुराम बिश्वकर्मा रहनु भएको छ ।
यस्तै पत्रकार महासंघ युएईका उपाध्यक्ष तथा निर्बाचन समिति संयोजक लक्ष्मण खनाल र निमेश गिरीलाई पनि सल्लाहकारमा चयन हुनुभएको छ। एक जना सल्लाहकार अर्काे बैठकबाट चयन गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो।
युएईमा रहेका अन्य संघ संस्थासंगको सहकार्यलाई प्रभावकारी बनाउन आगामी बिहिबार अन्र्तकृया अरबियन कोर्टमा कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी बताउनु भयो।
साथै सोहि कार्यक्रममा बिजया दशमिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत रहेको अध्यक्ष रमेश श्रेष्ठले बताउनु भयो

ताजा अपडेट