शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न सक्दो पहल गर्छु: ओली

काठमाडौं, असोज ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थीको माग अनुसार शिक्षा ऐन संशोधन खारेज गर्न दबाब दिनुपर्नेमा जोड दिनुभएको छ ।
यद्धपी व्यवस्थापिका संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले यो विधेयक पारित हुनबाट रोक्न नसकेको उहाले स्पष्ट पार्नुभयो ।
सोमबार बिहान ओली निवास बालकोट पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुको ज्ञापनपत्र वुझ्दै ओलीले जो अगाडि आयो उसकै कुरामा ताली लाउने प्रवृत्तिले मुलुक नबन्ने बताउनु भयो ।
सोमबारै विद्यार्थी नेताहरुले कांग्रेस कार्यवहाक सभापति विमलेन्द्र निधिलाई समेत भेटेर ज्ञापन पत्र दिएका छन्। ज्ञापन पत्र वुझ्दै निधिले यसमा सकारात्मक पहल गर्ने बताउनुभयो ।
शिक्षक लाइसेन्स लिएका सात लाख विद्यार्थीलाई ऐनले प्रत्यक्ष असर गर्ने भन्दै फिर्ता लिन माग गर्दै विद्यार्थी पार्टीका शिर्ष नेतालाई दवाव दिने कार्यक्रम अन्तर्गत विद्यार्थी नेताहरुले ओलीपछि निधिलाई भेटेका हुन्।

ताजा अपडेट