अध्यागमनका कर्मचारीको सेटिङ्गमा यूएई पुगेका २२ जना नेपाली अलपत्र

यूएई, असोज १६ । दलाल मार्फत भिजिट भिषामा यूएई आएका २२ जना नेपाली युवा अलपत्र परेका छन् । उनिहरू त्रिभुव अन्तराष्ट्रिय बिमानस्थल अध्यागमनका कर्मचारी र दलालको सेटिङ्गबाट यूएई आएका थिए ।
काठमाडौंको धुमबाराही स्थित पानडोरा इनकर्पोरेसन प्रा.लि. का इक्जुकेटिभ डाईरेक्टर केशव थापा, रमेश कुंवर र दिनेश लामा मोक्तानले प्रलोभनमा पारी युएई ल्याएको पिडितको आरोप छ। पिडितले दलाललाई प्रतिव्यक्ति २ लाख देखी ५ लाख रूपैया सम्म तिरेका छन्।
दलालले उनिहरूलाई युएईमा सेक्युरेटी गार्ड, सेल्सम्यान, फिस प्याकिङ्ग, क्लिनर लगायतको काम लागाईदिने र मासिक तलब २–३ हजार दिराम हुन्छ भनि विश्वास दिलाएको पिडितको भनाई छ।
भिजिट भिषामा युएई आई अलपत्र पर्नेहरूमा सिन्धुपाल्चोकका फन्जो तामाङ्ग,काभ्रेका नरेश तामाङ्ग, बाग्लुङका राजु थापा र ईन्द्र थापा गोरखाका उज्वल घले, विपिन कुवर र चन्द्र बहादुर गुरूङ रहेका छन।
त्यस्तै तनहुका ज्ञन बहादुर तामाङ, हेटौडाका भिम बहादुर बोमजन, सिमोन बोमजन, सुन्दर तामाङ सुनिल राउत, दिपेन्द्र सम्देन, प्रकाश मोक्तान, सुकुराम थिन र नवराज लो छन्। सल्यानका कमल बुढाथोकी बाकेका तुलसी प्रसाद शर्मा नवलपरासिका कृष्ण भुजेल मोरङका बिष्णु कुमार खवास धादिङ्का उत्तम तामङ,राजु तामाङ र रुकुमका बालकृष्ण ओली रहेका छन।
युएईका लागी मुख्य दलाल रमेश कुवर भएको र उनले अध्यागमनको सबै सेटिङ्ग समेत फोनबाटै मिलाउने पिडितको भनाई छ।
दलालले युएईको अजमानमा साधुरो कोठामा २२जना नेपालीलाई भोक–भोकै सुत्न बाध्य पारेको सुनेपछि शुक्रबार नेपाली दुतावास युएईका श्रमसहचारी हिरा यादव, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा, एनआरएन युएईका केन्द्रिय सदस्य दिनेश पराजुली र समाजसेवि शालिक सुवेदी सहितको टोली अजमान पुगेको थियो।उद्दारका लागी दुतावाससंग गएको टोलिले पिडितलाई घरफिर्ता गर्न एक हप्ताको समय दिएको छ।
पिडितले दलाललाई कारवाही गरि क्षतिपुर्ति तथा नेपाल फिर्ता गरिदिन नेपाली दुतावासलाई निवेदन मार्फत अनुरोध गरेका छन।
दलालले दुबईलाई ट्रान्जीट बनाएर नेपाल सरकारले प्रतिबन्ध लगाएको ईराक, अफगानस्तान, सिरिया समेत पठाउने गरेका छन। पिडित मध्ये हेटौडाका प्रकाश मोक्तानले, आफुलाई ईराक पठाईन्छु भनेर दलाल दिनेश लामा मोक्तानलाई ४ लाख बुझाएको बताउनुभयो ।
भिजिट भिषामा आएर अलपत्र परेका २२ जनालाई उनीहरू बस्दै आएको कोठाबाट दशैको दिन निकालिएको छ। मध्यरातमा बास बस्न नपाएर अलपत्र परेको खबर पाएपछि एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नै कम्पनिको कोठामा बस्ने व्यावस्था मिलाएका छन।

ताजा अपडेट