नाईजेरिया विश्वकपका लागि छनोट

काठमाडौं, असोज २२ । जाम्बियालाई हराँउदै नाईजेरिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ ।
अफ्रिकी समुहअन्तर्गत शनिबार राती भएको खेलमा नाईजेरियाले जाम्बियालाई १–० ले हरायो ।
खेलमा नाईजेरियालाई विजयी गराउन इङ्गलिस क्लव आर्सनलका खेलाडी अलेक्स ईओबीले निर्णायक गोल गरे ।
जितसँगै नाईजेरिया अफिकी समुह बी मा एक खेल बाँकी छँदै विश्वकपमा छनोट भयो ।
यही समुहको अर्को खेलमा क्यामरुनले अल्जेरियालाई २–० ले हरायो ।
अघिल्लो विश्वकपको दोस्रो चरणमा पुग्न सफल यी दुबै राष्ट्र यसपटकको विश्वकप छनोट चरणबाट बाहिरिसकेका छन् ।

ताजा अपडेट