विश्वकप फुटबलका लागि पोल्याण्ड छानियो, नर्दन आयरल्याण्ड र डेनमार्क प्ले अफ् चरणमा

काठमाडौं, असोज २३ । मोन्टेनेग्रोलाई हराँउदै पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ ।
युरोपेली समुह ई को खेलमा आइतबार राती मोन्टेनेग्रोलाई ४–२ ले हराँउदै पोल्याण्ड विश्वकपमा छानिएको हो ।
यही समुहका अन्य खेलहरुमा डेनमार्क र रोमानिया तथा काजखस्तान र अर्मे्नियाले १–१ गोलको बराबरी खेलेका छन् । यो समुहबाट डेनमार्क प्ले अफ्मा छानिएको छ ।
विश्वकप फसटबल छनौट अन्तर्गगत राती भएका अन्य खेलहरुमा इंग्लण्ड, जर्मनी, पोल्याण्ड, नर्वे र स्लोभाकिया विजयी भएका छन् ।
विश्वकपमा यसअघि नैं छनोट भईसकेको इंग्लण्डले कमजोर प्रतिद्धन्दी लिथुआनियालाई १÷० ले हरायो ।
यही समुहको अर्को खेलमा स्लोभाकियाले माल्टालाई ३–० ले हराँउदा स्कटल्याण्ड र स्लोभेनियाले २–२ गोलको बराबरी खेले ।
यसैगरी समुह सि को खेलमा जर्मनीले अजरबैजानलाई ५–१ ले हराँउदा चेक रिपब्लीकले सान मारिनोमाथि ५–० को जित निकाल्यो ।
नर्वेसँग १–० ले पराजित भएको नर्दन आयरल्याण्ड पनि प्ले अफ्मा छनौट भयो ।

ताजा अपडेट