सरकारद्धारा नेप्सेको सीइओमा चन्द्रसिंह साउद नियुक्त

काठमाडौं, असोज २३ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त हुनु भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउदाई नेप्सेको सीइओ नियुक्त गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ जनाको नाम प्रस्ताब गरेकोमा सुदुरपश्चिमका साउदलाई प्रधानमन्त्री देउवाको इन्टेस्टमा मन्त्रिपरिषदले नियुक्त गरेको बताइएको छ ।
अर्थमन्त्रालयले गठन गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले ३ जनाको अन्तिम नामावली सिफारिस गरेको थियो ।
मन्त्रालयको वित्तीय ब्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवालीको नाम सिफारिस गरेको हो ।
सिफारिसमा परेका साउद नेपाल इन्स्यारेन्स कम्पनीका पूर्वमहाप्रबन्धक हुन भने शर्मा प्राध्यापन पेशमा छन् ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १३ जनाले आवेदन दिएका थिए ।

ताजा अपडेट