यूएईमा अलपत्र परेका २८ नेपाली स्वदेश फिर्ता, १४ जना अझै प्रतिक्षामा

यूएई, असोज २३ । धेरै समय सम्म तलव नपाएर अलपत्र परेका २८ जना नेपालीलाई नेपाली दुतावास यूएईले नेपाल फर्काएको छ ।
लामो समयसम्म पनि कम्पनिले तलव नदिएपछि उनिहरू सेप्टेम्वर २० देखी १३ दिन सम्म दुतावासको सेल्टरमा बसेका थिए ।
नेपाल स्थित शिवाकोटी म्यानपावर कम्पनि मार्फत सेक्युरिटी गार्डका रूपामा काम गर्न आएका उनीहरू रोयल फाल्कोन सेक्युरिटी कम्पनिमा कार्यरत थिए ।
दुतावासको पहलमा उनिहरूले पाउन बाँकी रकम उपलव्ध गराई नेपाल पठाएको दुतावासले विज्ञप्ती मार्फत जनाएको छ।
नेपाली कामदार युएईमा ल्याई अलपत्र पार्ने कम्पनिलाई समेत कारवाहीका लागी सिफारिस गरेको दुतावासले जनाएको छ।
यसरी दुतावासको पहलमा नेपाल फर्किनेहरूमा मो. उमर फारुक, जयनारायण खतिवडा, सुर्य प्रसाद खतिवडा, हिमाल प्रसाद भट्टराई, कृष्ण प्रसाद रिजाल, युवराज कार्की, मनोज थापा, सपना कुमार रेग्मी, डम्बर बहादुर कार्की, मुक्तिनाथ रिजाल, सुरेस थापा, लक्ष्मी प्रसाद सुवेदी, विरेन्द्र चौधरी, सन्जीत कुमार चौधरी, उजन्द्र जवेगु, लक्ष्मण तामाङ्ग, देवेन्द्र तामाङ्ग, प्रकाश अधिकारी, धन बहादुर लिम्वु, मोहन कुमार श्रेष्ठ, सुजन मग्राति, सुजन श्रेष्ठ, गोपाल श्रेष्ठ, नैना कुमार राई, पारस राजवंशी, राजकुमार तामाङ्ग, चुन बहादुर कुशेनाम र मातृका चम्लागाई रहेका छन।


यता दलाल मार्फत भिजिट भिषामा युएई आएर अलपत्र परेका २२ जना नेपाली माध्ये १४ जना अझै पनि नेपाल फर्काईको प्रतिक्षामा नेपाली दुतावस युएईमा छन।
काठमाण्डौको धुमबाराही स्थित पानडोरा इनकर्पोरेसन प्रा.लि. का इक्जुकेटिभ डाईरेक्टर केशव थापा, रमेश कुंवर र दिनेश लामा मोक्तानले प्रलोभनमा पारी युएई ल्याएको पिडितको आरोप छ। उनिहरू त्रिभुव अन्तराष्ट्रिय बिमानस्थल अध्यागमनका कर्मचारी र दलालको सेटिङ्गबाट युएई आएका थिए।
पिडितले दलाललाई प्रतिव्यक्ति २लाख देखी ५लाख रूपैया सम्म तिरेका छन। दलालले उनिहरूलाई युएईमा मासिक तलब २-३ हजार दिरामको कमालगाई दिने आश्वासन दिएको पिडितको भनाई छ ।
२२ जना मध्ये काभ्रेका नरेश तामाङ्ग नेपाल फर्किएका छन । उनको भिषा सकिनै लाग्दा नेपाल पत्रकार महासंघ युएईका सह–सचिव तथा नेपाल प्रेस युनियन युएईका अध्यक्ष निर्भिक नारायण भुर्तेलले आफ्नो जन्मदिनको अवसरमा हवाई टिकट र अन्य केही सामाग्री सहित नेपाल फिर्ता पठाएका हुन।
“आफ्नो जन्मदिनको दिन आफु आफ्नो जन्मभुमीमा हुन नसके पनि, जन्मदिनकै दिन एक नेपालीलाई नेपाल आमाको काखमा पठाउन पाउनु मेरो सौभाग्य हो “ निर्भिकले भन्नु भयो ।
साथीभाईलाई पार्टी दिने पैसाले कसैलाई सहयोग गरौ भन्ने प्रेरणा मिलोस भन्नका लागी पनि मैले यस्तो गरेको पत्रकार निर्भिकको भनाई छ।
२२ जना मध्ये ४ जना ओभर स्टे मा परेका छन। जसमा उत्तम तामाङ्ग, बिष्णु कुमार खवास, बिपिन कुवर र रवि कुवर को ओभर स्टे भएको हो। यिनिहरूलाई युएईमा रहेका दलाल रमेश कुवरले पठाउने भनी उनी संगै रहेका छन। बाकी १४ जनालाई के कसरी नेपाल पठाउने भन्ने बारेमा कुनै ठोस निर्णय भै नसकेको युएई स्थित दुतावास श्रम सहचारी हिरा यादवको भनाई छ।
यस्तै भिजीट भिषामा युएई ल्याएर उनिहरूकै राहधानी घरधनिको मा धरौटी राखी दालाल फरार भएपछि ३ नेपाली सारजहामा अलपत्र परेका छन।
अलपत्र पर्नेहरूमा मोरङका सुमित कुमार राई, मकवानपुरका मञ्जील बलामी र काठमाण्डौका रोशनबिक्रम थापा रहेका छन। उनिहरू ८ अगस्ट २०१७ मा दैलेखका केशव बहादुर शाही, काभ्रेका देव बहादुर मगर र मकवानपुरका रविन कार्की मार्फत युएईका थिए।
उनिहरूले प्रतिव्यक्ति दुई लाख बिस हजारका दरले देव बहादुर मगरलाई पैसा बुझाएका थिए। युएईमा दुवै जनाले ३५-३५ सय दिराम युएईका दलाल रविन कार्कीलाई बुझाएको सुमितले बताए।
युएई आएपछि आफुहरूलाई सारजाहमा एउटा कोठामा राखेर पैसा र राहधानि कार्कीले लिएको सुमितले बताए। केही दिन पछि सुमितको फिर्तागरे तर मञ्जिलको भने उनिहरूलाई राखेको घरको घरधनिको मा धरौटी राखेर कार्की सम्पर्क बिहीन भएका हुन।
त्यस्तै सोही समुह मार्फत ३ महिना अघी युएई आएका काठमाण्डौका रोशनबिक्रम थापाको ओभर स्टे भएको १२ दिन भै सकेको छ। उनले केशव बहादुर शाहीलाई ३ लाख ५० हजार बुझाएर युएई आएको बताए।
ओभरटाईम बाहेक २५ सय दिरामको काम हुन्छ भनि उक्त पैसा तिरेर आएको थापाले बताए। रविन कार्कीले काम लगाई दिने भनेर पठाएको तर कार्की सम्पर्क बिहिन भए पछि आफु बिचल्लिमा परेको थापाले बताए।

ताजा अपडेट