संसद बैठक आजपनि बस्दै

काठमाडौं, असोज २४ । विभिन्न विधेयकहरु पारित गर्न व्यवस्थापिका संसदको बैठक आज दिउसो बस्ने भएको छ ।
अघिल्ला बैठकहरुबाट धमाधम विधेयकहरु पारित गरेको संसदले आज पनि केही विद्ययकहरु पारित गर्ने भएको छ ।
संसदको आयु सकिनै लाग्दा संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि विधेयक पारित गर्ने क्रम बढेको हो ।
आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५ कात्तिकमा उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।
संविधानअनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म चालू संसद् रहनेछ ।
सोहीअनुसार आगामी ४ कात्तिकबाट जारी संसद् विघटन हुनेछ । चालू संसद्बाट टुंगो लगाउनुपर्ने संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकलाई संसद्ले प्राथमिकताका साथ पारित गर्न लागेको हो ।

ताजा अपडेट