खाना पकाउनेक्रममा हिटरबाट करेन्ट लागेर मृत्यु

झापा, २७ असोज । झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कोइरालालाई घरमा खाना पकाउनेक्रममा विहिबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट