मितेरी समाज यूएईद्वारा बाढी पीडितलाई आर्थिक सहयोग

यूएई, असोज २८ । कास्कीको माच्छापुच्छ्रे गाउपालिका–५ डाँडागाउँका वाढी प्रभावितलाई मितेरी समाज यूएईले आर्थिक सहयोग गरेको छ ।
गत श्रवण २५ गतेको बर्षासँगै आएको पहिरोले उक्त स्थानमा ११ वटा घर बगाएको थियो भने ६ वटा घरमा बस्नै नमिल्ने गरि क्षति भएको थियो।
मितेरी समाज युएईले आयोजना गरेको तिज बिशेष कार्यक्रमबाट संकलति रकम र संस्थाका सदस्यहरूबाट संकलन भएको रकमगरि एक लाख एक हजार पाँच रूपैया यहि असोज २६ गते हस्तान्तण गरेको हो।
उक्त सहयोग हस्तान्तण गर्नको लागि मितेरी समाज युएईका प्रतिनिधि गाउँमै पुगेका थिए। समाजको तर्फबाट मितेरी समाज युएईका बरिष्ठ सल्लाहकार टिका श्रेष्ठ, सदस्य प्रदीप कुमार पुन, लोक नेपाली किशान गुरूङ्ग, किर्तन गुरुङ्ग, माच्छापुच्छ्रे गाउपालिकाका उपाध्यक्ष कृष्ण दवाडी, वडा अध्यक्ष जुम बहादुर गुरुङ्ग समाजसेवी धर्मराज सुवेदी, सरिता सुवेदी लगायतको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तण गरिएको हो।

ताजा अपडेट