गायक जय देवकोटाको देउशी–भैलो गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं, असोज । गायक तथा संगीतकार जय देवकोटाको तिहारको गीत सार्वजनिक भएको छ ।
पोहोर साल झै यो साल पनि देवकोटाको देउशी भैलो एल्बम रुदो हो मन बजारमा आएको हो ।
हराउदै गएको संस्कृतिललाई संरक्षण गर्नुपर्ने भाव बोकेको गीत निकै मनोरञ्जनपुर्ण छ । गीतमा जय देवकोटा र शान्ति श्री परियारको आवाज छ ।
बिष्णु जङ्ग शाहको शब्द रचना रहेको यस लोकप्रिय गीतमा लयपनि देवकोटाकैछ । भिडियो पनि निकै शसक्त बनेको गीतको केही अंस अमेरीकामा छायांकन गरिएको छ ।
वीर बिबि र बिष्णु जंग शाह को निर्माण मा बनेको गीतमा वीर बिबि , जय देवकोटा ,करिश्मा ढकाल अपेक्षा बस्याल लगायत थुप्रै कलाकारको अभिनय रहेको छ ।
देउशी भैलोमा मनोरञ्जनको अलवा नेपाली हरुको कथा बेथा र जिन्दगी लाई कलात्मक ढंग ले प्रस्तुत गरीएको छ । साथै प्रदेशीको पीडालाई मार्मिक ढंगले उठान गरीएको छ ।

भिडियो

https://www.youtube.com/watch?v=gcmPiAiBlpA&feature=youtu.be

ताजा अपडेट