बाम बिधार्थी नेताको छपकैया पुगेर एउटै स्वर “भारतबाट सिमा अतिक्रमण भएको छ ।”

७ माघ, काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्षसहितको शीर्ष नेताको टोलीले भारतद्धारा अतिक्रमित भुमी पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैयामा पुगेर अध्ययन गरी फर्किएको छ ।

सेरबहादुर देउवाा नेतृत्वको बर्तमान सरकारले भारतको धारणमा बल पुग्ने गरी नेपाली भुमि मिचिएको छैन भन्दै बिज्ञप्ती नै निकालेका बेला बाम बिधार्थी नेताको यो स्थलगत अध्ययनले राष्टियताको पक्षमा समर्थन बढ्दै गएको छ । नेपालतर्फको ५० विघाभन्दा बढी भूमी भारतले अतिक्रमण गरी जंगे पिलर सारिएको भनिएको छपकैयामा आइतबार अखिलका अध्यक्ष नविना लामा र क्रान्तीकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले बिरोध स्वरुप अतिक्रमित स्थानमा आइतबार पत्रकार सम्मेलन गरे ।

बाम बिधार्थी नेताहरुको शीर्ष टोलीमा सहभागी अनेरास्ववियुका सचिवालय सदस्य एवं प्रवक्ता सुदिप शर्माले छपकैयामा नाङ्गो रुपमा नेपाली अस्मिता र भूमी लुटिएको  र भारतीयहरुले भुमी अतिक्रमण गर्दा पनि सरकार मुक दर्शक भएको आरोप लगाए । सिमा रक्षाका लागी सरकारले पहल गर्नुपर्ने बेला वेला उल्टै बिना आधार र बिना अध्ययन हचुवाको भरमा सिमा मिचिएको छैन भन्नु देउवा सरकारको नालाकि भएको शर्माले दावी गरे । अखिल अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ दुवैले काठमाडौं गएर सिमा रक्षाका लागी दबाब दिने योजना बनाएको पत्रकार सम्मेलनमा सहभागी बिधार्थी नेता सुदीप शर्मालाई उदृत गदैं हाम्रा बिरगञ्ज सवांददाताले जनाएका छन् ।

ताजा अपडेट